टोकियो : अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को हवाईजहाजका परिचारकलाई नशामा लट्ठ रहेका एक अमेरिकी यात्रुले टोकेपछि सो हवाईजहाज टोकियो नै फर्काइएको जापानी वायुसेवा कम्पनीले बुधवार जनाएको छ।एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार मादक पदार्थ सेवन (मापसे) गरेका ५५ वर्षीय एक अमेरिकीले चालक दलका सदस्यको पाखुरामा टोकेका थिए।एएनएका अनुसार उक्त घटनापछि १५९ जना यात्रुसहित अमेरिकातर्फ उडिरहेको हवाईजहाजलाई फर्काएर चालक दलले हानेदा विमानस्थलमा उतारेका थिए।जापानी प्रसारक टीबीएसका अनुसार ती यात्रुल