नेपाली काँग्रेसले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानछाओसँग सोमबार भएको भेटघाटमा चीन सरकारसँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्न नहुने कुरा राखेको छ । चीन सरकारले अघि सारेको द बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्नेमा काँग्रेस स्पष्ट रहेको धारणा पार्टीले चिनियाँ नेतासमक्ष राखेको हो ।भेटघाट कार्यक्रममा नेपाल र चीनबीचको विशिष्ट सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भएको