गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको संसद बैठक अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढंगले वितरण नगरिएको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको हो । एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक आधा घण्टालाई स्थगित गरेका छन् । आफूहरूले मुख्यमन्त्रीलाई बुधबार बिहान भेटेर १० बुँदे माग राखेको र त्यो पूरा नभएसम्म संसद बैठक चल्न नदिने अडान एमालेको छ । मुख्यमन्त्री पोखरेलाइ आ