एअर इन्डिया पूरै बेच्ने भारत सरकारको घोषणा

सरकारले नयाँ प्रस्ताव सार्वजनिक गरेपछि भारतमा देशको राष्ट्रिय ध्वजावाहकले निजी खरिदकर्ता आकर्षण गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उब्जिएका छन्।

सम्बन्धित सामग्री

एअर इन्डिया किन बेचियो ?

कुनै समय एअर इन्डियालाई विश्वकै उत्कृष्ट हवाई सेवा प्रदायक मानिन्थ्यो । विलासी यात्रा, विश्व स्तरीय खाना र विमानभित्र अद्भुत सजावट ! एअर इन्डिया यति आकर्षक थियो कि सिंगापुर एयरलाइन्सले पनि आफ्ना विमान सजाउन एअर इन्डियाबाटै प्रेरणा लिएको थियो ।हवाई उड्डयनमा विश्वकै मानक बनेको एअर इन्डिया पछिल्लो दशकमा निकै जर्जर बन्यो । खर्बौँ रुपैयाँ घाटा भएपछि भारत सरकार यो विमान कम्पनीलाई बेच्न अर्थात् निजीकरण गर्न बाध्य भयो । विश्वकै महानतम् विमान सेवा बनेको एअर इन्डिया कसरी यो हालतमा आइपुग्यो ? यो सामग्रीमा

ऋणले डुबेको एयर इन्डिया फेरि टाटा समूहको पोल्टामा

असोज २२, नयाँदिल्ली(भारत) । भारतीय सरकारको स्वामित्वमा रहेको एयर इन्डिया अन्तत : फेरि टाटा समूहको पोल्टामा गएको छ।  वित्त मन्त्रालयका अनुसार टाटा समूहले बोलपत्रमार्फत १८ हजार करोडमा एयर इन्डिया खरीद गरेको हो। सन् २०२१, १० डिसेम्बरसम्ममा कानूनत : एयर इन्डिया टाटा समूहलाई हस्तान्तरण भइसक्ने छ। तर स्वीकृत बोलपत्र अनुसार पाँच वर्षसम्म टाटा समूहले ब्रान्ड तथा लोगो परिवर्तन वा विक्री गर्न भने पाउने छैन । नागरिक उड्डयन सचिव राजीव बंशलका अनुसार टाटा समूहले एयर इन्डिया लिए पनि त्यहाँ  कार्यरत १२ हजार जना कर्मचारीहरु भने एक वर्षसम्म काममै रहन पाउने छन् । त्यसपछि भने उनीहरुलाई टाटा समूहसँग स्वेच्छिक सेवा निवृत लिने विकल्प हुनेछ। टाटा समूहका अध्यक्ष रतन टाटाले शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् फेरि एअर इन्डियालाई शसक्त बनाउने जिम्वेवारी आएको भन्दै उड्डयन क्षेत्रमा कम्पनीलाई चुनौतीसँगै सुनौलो अवसर आएको बताएका छन् । लिलामीमा सात ओटा कम्पनीले बोलपत्र पेस गरेका थिए जसमध्ये पाँच ओटा बोलपत्र खारेज भएका थिए भने अर्को बोलपत्र स्पाइस जेट कम्पनीको थियो । स्पाइस जेटले भने १५ हजार १०० करोड विड गरेको थियो  । एयर इन्डियालाई गत अगस्ट ३१ सम्म कुल ६१ हजार ५६० करोड रुपया कर्जा थियो। अव टाटा सन्सले  यसमध्ये १५ हजार ३०० करोड रुपया कर्जा तिर्नुपर्ने छ । निजीकरणको प्रक्रिया पूरा भएपछि बाँकी ४६ हजार २६२ करोड रुपया कर्जा एयर इन्डिया बेचेपछि सरकारसमक्ष रहनेछ। यो कर्जा एयर इन्डियाको एसेट होल्डिङ कम्पनीको हुनेछ। एअर इन्डिया यसअघि पनि सन् १९३२ मा जेआरडी टाटाले टाटा एअरलाइन्सको नामबाट सञ्चालनमा ल्याएका थिए, जसले घरेलु उडानहरु गर्दथ्यो । विभिन्न आरोह अवरोह पार गरेको टाटा एअरलाइन्सलाई सन् १९४८ मा भारतीय सरकारले खरीद गरेको थियो ।  एअर इन्डियासँग हाल १२५ ओटा न्यारो बडी र वाइड बडी प्लेन रहेका छन् ।एजेन्सीहरु

झन्डै ७० वर्षपछि टाटाले किन्यो आफैंले स्थापना गरेको एअर इन्डिया

भारत सरकारले सन् १९५३ मा एअर इन्डियालाई राष्ट्रियकरण गरेर सरकारी स्वामित्वमा लिएको थियो। त्यति बेला यसको नाम टाटा एयरलाइन्स थियो। राष्ट्रियकरण गरिए पनि सन् १९७७ सम्म जेआरडी नै कम्पनीका अध्यक्ष थिए।

भारतको राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्दै मोदी सरकार

भारतमा मोदी सरकारले राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्ने कोशिस फेरि शूरु गरेको छ। सरकारको स्वामित्वमा रहेको कम्पनीको सत्प्रतिशत शेयर बेच्न सरकारले बोलपत्र आह्वान गरेको छ। भारत सरकारसँग रहेको शेयर खरिद गर्न चाहने फर्म वा कम्पनीले १७ मार्चभित्र आवेदन दिइसक्नुपर्नेछ। निरन्तर घाटामा गएको एअर इन्डियालाई सरकारले सन् २०१८ देखि नै ...