यातायातमा हटेन समस्या : कर तिर्न र ट्रायलमा उत्तिकै सास्ती

दाङ :  प्यूठानका श्रीधर भण्डारीले गत माघ ३ गते मोटरसाइकलको लाइसेन्सको लागि लिखित परीक्षा दिए। परीक्षा दिनको लागि पनि उनले यातायात व्यवस्था कार्यालयमा आउँदा निकै सास्ती पाए। त्यति बेला पनि  एकदमै भिडभाडका कारण घन्टौँसम्म लाइनमा बसेर सेवा पाए।उनी लिखितमा पास भए पनि ट्रायल दिनको शनिबार ट्रायल दिनको लागि दाङ आइपुगे। उनको ट्रायल आइतबार थियो। उनी बिहान करिब ८ बजे ट्रायल दिने स्थानमा पुगेर लाइनमा बसे। तर, उनले दिउँसो करिब २ बजेसम्म पनि पालो नपाएको गुनासो गरे।उनले भने, ‘कर तिर्दा पन