नेकपा एमालेको बाहुल्यता रहेको दैलेख क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि सो पार्टीबाट ५ जनाले दाबी गरेका छन् । पार्टीको प्रभाव राम्रो रहेका कारण उम्मेदवारीका लागि पनि नेताहरुबीच हानथाप देखिएको हो । शनिबार दुल्लुमा बसेको प्रतिनिधिसभा समन्वय समितिको बैठकले उम्मेदवारीका लागि ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा हाल कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, प्रतिनिधिसभा सदस्य समेत रहेका राजबहादुर बुढा, जिल्ला इञ्चार्ज लक्ष्मी पोखरेल, एमाले प्रदेश कमिटीका अध्यक्ष