पोखरा । गण्डकी प्रदेश सरकारले महावीर पुनलाई गण्डकी रत्नबाट विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित एक कार्यक्रमबीच पुनलाई सम्मान गरे । प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मिएर पनि अनुसन्धानको महावीर पुनले पुर्याएको योगदानको प्रशंसा गरे । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी […]