बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमा, जिल्ला प्रशासनमा छलफल हुँदै

सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । बरहथवास्थित नगर  अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो ।