कर्णाली प्रदेशका स्थानीय तहमा कसले ठूलो भवन बनाउने भन्ने प्रतिस्पर्धा नै चलेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकाले लिफ्ट सुविधासहितको ४४ कोठे भवन निर्माण गरिरहेको छ । भवनको झन्डै ९० प्रतिशत काम सकिएको छ तर निर्माणस्थल बाबियाचौरमै विद्युत् सुविधा छैन । २ वर्षअघि नै नगरपालिकाले बाबियाचौरसहित विभिन्न वडामा बिजुलीका पोल गाडे पनि अझै तार टाँगिएको छैन ।