उनले भने, ‘मधेसको विद्यमान सुरक्षा संवेदनशीलतालाई संघीय सरकार र सिंहदरबारले जसरी हेर्नुपर्ने थियो, त्यो पर्याप्त देखिएन भन्ने हाम्रो निष्कर्ष छ। जनकपुर जस्तो प्रमुख सहर अहिले असुरक्षित देखिएको छ, पसल र बजारहरू बन्द छन्, चोक–चोकमा टायर बालेर विरोध भइरहेको छ। यो एक निर्वाचित जनप्रतिनिधिका लागि सुखद् परिस्थिति होइन।’
काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच दिनपछि गृहमन्त्री सुधन गुरूङले काठमाडौं छाड्ने भएका छन्। यसअघि आफ्ना पीए जेम्स कार्कीलाई पठाएर आफू काठमाडौंमै बसेका उनी बिहीबार अपराह्न सुनसरी जान लागेका हुन् । सुनसरीबाट फैलिएको दुई समुदायको तनाव मधेश प्रदेशभर पुगेपछि प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार गृहमन्त्रीलाई सुनसरीतर्फ पठाउने निर्णय गरेका हुन्। यसअघि बिहीबार […]
जनकपुरधाम– सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ । बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धार्मिक आस्था, संस्कृति वा समुदायलाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको हो । राजनीतिक दल, स्थानीय तहका प्रमुख तथा […]
नागार्जुन नगरपालिकाका योग्य उद्यमीले मुक्तिनाथ विकास बैंकबाट धितोबिना अधिकतम २ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा पाउने भएका छन् । कर्जाका योग्य ऋणीलाई नगरपालिकाले शतप्रतिशत ब्याज अनुदानसमेत उपलब्ध गराउने भएको छ । स्थानीय स्तरमा कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलता प्रवर्द्धन गर्दै रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले मुक्तिनाथ विकास बैंक र […]