ऋषभ पन्तले बराबरी गरे धोनीको नचाहिने कीर्तिमान

शुक्रबारदेखि मोहालीमा सुरु भएको भारत र श्रीलंकाबीचको पहिलो टेस्टको सुरुवाती दिनमा ६ विकेटको क्षतिमा भारतले ३५७ रन बनायो । ऋषभ पन्त भारतका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए। यद्यपि उनी शतक बनाउन भने चुके र ९७ बलमा मात्र ९६ रन बनाउँदै आउट भए । योसँगै उनले आफ्नो नाममा नचाहिने रेकर्ड बनाएका छन् ।पन्तले ९० देखि १०० रनको बीचमा टेस्ट क्रिकेटमा सर्वाधिक आउट हुने महेन्द्रसिंह धोनीको विश्व कीर्तिमान बराबरी गरेका हुन् । अब उनी धोनीसँगै सबैभन्दा धेरै ५ पटक शतक नजिक पुगेर चुक्ने विकेटकिपर-ब्याट्सम