वैशाख पहिलो साता कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाए काठमाडौं बस्ने बुद्धिमान लिम्बुले। त्यतिबेला देशमा संक्रमणको दोस्रो लहर उकालो लाग्दै थियो। संक्रमण नियन्त्रणका लागि वैशाख १३ गते, उपत्यकाभित्रका तीन जिल्लामा १६ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा भयो। जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख थियो – 'काठमाडौं उपत्यका छाड्नेलाई दुई…