सुदूरपश्चिम प्रदेशमा एचआइभी एड्सलाई ‘बम्बैया’ रोग भन्ने चलन छ । श्रीमान् दीर्घबहादुर भारतमा काम गर्दा गर्दै बिरामी परेर गाउँ फर्केको सात महिनापछि ओछ्यानमा परे । श्रीमानले आफूलाई टिबी भएको भन्दै औषधि खाने गरेको उनी सम्झिन्छिन् । श्रीमानको मृत्यु भएपछि गाउँलेले ‘लोग्ने त एड्स लागि मर्याको हो’ भनेपछि बल्ल उनले थाहा पाइन्, श्रीमानलाई एचआइभी लागेको कुरा ।