चिनियाँ राष्ट्रपति सी जिनफिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो सात महिनामा दुई नेताबीच पहिलोपटक टेलिफोन वार्ता भएको हो ।ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दुई देशका चासोका विषयहरुमा वृहत्, रणनीतिक छलफल भएको बताएको छ । बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएपछि दुई नेताबीच संवाद भएको यो मात्र दोस्रो अवसर हो ।व्यापार, जासुसी र महामारीका विषयलाई लिएर पछिल्लो समय दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । ‘सो छलफल अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेव