शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) मा कार्यरत सहयोगी शिक्षकलाई सरकारले तोकेको पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन् ।
नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँगको आजको भेटवार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको बताएका हुन् । देशका कुन कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्याङ्क सङ्कलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, समन्वय एकाइका प्रमुखलाई निर्देशन दिएको पनि उनले जानकारी गराए ।
अ...