१० वर्षमुनीका बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने - NepaliPatra

काठमाडौँ। पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित चित्राले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ। फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमूख भूमिका रहेको छ। फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो […]

सम्बन्धित सामग्री

‘छोरीहरूका लागि बाबुहरू मेरुदण्डजस्तो हुनुपर्छ’

‘मिस नेपाल-२०१२’की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् । नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ। आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन। आफ्नो आगामी फिल्म ‘चित्रा’का बारेमा गफ्फिदा उनले यस्तो बताएकी हुन्। बाबुछोरीको […]

बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने

घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने भएका छन् । चलचित्रले बाबुछोरीको मार्मिक कथा पस्कने हुँदा निर्माण पक्षले यस्तो घोषणा गरेको हो । त्यस्तै कुनै पनि ‘चित्रा’ नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा तीनवटा टिकट निःशुल्क पाउने कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिनुभयो । यसले नेपाली चलचित्रको प्रवर्धनमा सहयोग पुग्ने मेरो विश्वास छ । यसका साथै चलचित्रभित्र प्रस्तुत गरेको कथा पारिवारिक छ र आमाबाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहनाले यस्तो घोषणा गरेको हुँ, उहाँले भन्नुभयो, “म आफू पनि एक सन्तानका पिता भएकाले यस्तो गरेको हुँ ।”