युक्रेनका राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रुसको मिसाइल हमला, ६ जनाको मृत्यु

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीको गृेहनगर ‘क्रिभि रिह’ शहरमा रुसले गरेको मिसाइल आक्रमणमा १० वर्षीया बालिका सहित ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा ६९ जना घाइते भएका छन् । सो क्षेत्रका गभर्नर सेर्ही लिसाकले यो घटनापछी नगरमा एकदिने शोक घोषणा गर्नुभएको छ । सो शहर पछिल्लो समय रुसी आक्रमणको […]