उज्यालिँदै मुस्ताङको मुहार (फोटो फिचर)

म्याग्दी : प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले पनि गति लिन थालेपछि मुस्ताङको मुहार थप उज्यालिँदै गएको छ।धवलागिरि,नीलगिरि लगायतका हिमालको काखैमा रहेको मुस्ताङमा सडक कालोपत्रे गरिएपछि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई निकै सहज भएको छ। पिच सडकले यात्रुलाई सुविधा हुनुका साथै मुस्ताङको सौन्दर्यलाई समेत थप टेवा पुर्‍याएकाे स्थानीयले बताएका छन्।जोमसोमदेखि कागबेनीसम्मको सडकको रौनक फेरिएको छ। नयाँ-नयाँ डिजाइनका घर बन्ने क्रम बढेको छ भने नदी &nbs