शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई ७० अर्ब ५ करोड रूपैयाँ विनियोजन

सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष ०७९/८०को बजेट सार्वजनिक गर्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।