काठमाडौं : नेकपाको प्रचण्ड-माधव नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रतिनिधिसभा विघटनविरुद्ध सडक नाटक प्रदर्शन गरेको छ। अनेरास्ववियुले प्रतिनिधिसभा विघटनविरुद्ध आज माइतीघरमा सडक नाटक प्रदर्शन गरेको हो।
त्यसका साथै अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत दहन गरेको छ। सो क्रममा प्रहरीले प्रदर्शनमाथि हस्तक्षेप गरेको थियो।