अफगान सरकार र तालिबानबीच संवादलाई निरन्तरता दिने सहमतिको राष्ट्रसंघद्वारा स्वागत

काठमाडौं।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगान सरकारका प्रतिनिधि र तालिबानबीच भएको संवादलाई निरन्तरता दिने सहमतिको स्वागत गरेका छन्।अफगान सरकारका प्रतिनिधि र तालिबानबीच कतारको दोहामा वार्ता भएको थियो।दोहा वार्तापछि गत आइतबार उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै समस्याको समाधान शान्तिपूर्ण तरिकाले निकालिने बताएका थिए।राष्ट्रसंघका महासचिवले विज्ञप्ति जारी गर्दै अफगानिस्तानको शान्ति बहालीका लागि प्रयास गर्न अन्तर्राष्ट्रिय समुदायलाई आव्हान समेत गरेका छन्।

सम्बन्धित सामग्री

अफगान सरकार र तालिवानी विद्रोहीले शान्ति वार्तालाई निरन्तरता दिने

एजेन्सी । अफगान सरकार र तालिवानीहरुले वार्तालाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । कतारको दोहामा जारी वार्ताका क्रममा दुवै पक्षले युद्धविराम र सरकारी नियन्त्रणमा रहेका विद्रोही लडाकूको रिहाइलगायतका विषयमा आन्तरिक रुपमा थप छलफल गरेर सहमतिमा पुग्ने प्रतिवद्धता जनाएका हुन् । बैठकपछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा शान्ति वार्तालाई निष्कर्षमा पु¥याउने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले […]