काठमाडौं । अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिन्डर नेपाल ल्याइरहेका छन् ।निगमको वाइड बडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिन्डरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । निगमको जहाजले बेइजिङबाट आइतबार र सोमबार ९७५ थान अक्सिजन सिलिन्डर काठमाडौँ ल्याएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार दुई दिनमा क्रमशः ४००