माओवादी-नेपाली कांग्रेस सरकारले आफ्नो ‘सफल’ वर्षगाँठमा अत्यन्तै निन्दनीय उपहार दिएको छ। समग्र मुलुकुलाई र खासगरी युवाहरूलाई सुरक्षित भविष्यको खोजीमा समृद्ध तथा उन्नत दक्षिण कोरिया जाने आकांक्षा बाेकेका दुई युवा सरकारको गोलीबाट ठहरै भएका छन्। केही घाइते अवस्थामा छन्। दुर्भाग्य नेपाली अस्तित्व र राष्ट्रिय झण्डाप्रति अगाध स्नेह र सम्मान बाेक्दाबाेक्दै पनि झण्डाधारीहरूप्रति त्यही अनुपातमा जनताको आक्रोश, […]