बागमती प्रदेशसभाको बैठक आह्वान

हेटौंडा। बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा बागमती प्रदेशसभाको आठौं अधिवेशन यही जेठ १६ गते दिउँसो ३ बजेका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति,कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्न प्रदेश प्रमुख प्रसाईंले बैठक आह्वान गरेको बागमती प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए।

सम्बन्धित सामग्री

वाग्मती प्रदेश : सरकारको नीति कार्यक्रममाथि छलफल प्रारम्भ

मकवानपुर / वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा हिजो प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारका तर्फबाट प्रस्तुत गरेको आगामी आव २०७८/०७९ को नीति तथा कार्यक्रमप्रति पूर्ण छलफल

Artha Dabali

बागमतीको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण प्राथमिकतामा (पूर्णपाठसहित)

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरस रोकथाम, न्यूनीकरण र उपचारको कुरालाई प्राथमिकता दिइएको छ। सरकारले ‘प्रदेश प्रमुख कोभिड १९ खोप कोष’  नै स्थापना गरी नेपाल सरकारको समन्वयमा प्रदेशको सबै बासिन्दालाई अनिवार्य खोपको व्यवस्था गर्ने कुरा पनि नी

थाहा खबर

बागमती प्रदेशले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै,विपक्षी दलले पारित गर्न नदिने

काठमाडौं। बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। आज दिउँसो बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सचिवालयले जनाएको छ। विपक्षी दलले भने नीति तथा कार्यक्रम पारित गर्न नदिन छलफलमा जुटेका छन्।

Dekhapadhi

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक हुने

बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेशसभाको जेठ २७ गते बस्ने आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएका हुन् । नीति तथा कार्यक्रम सर्वजनिक गर्न मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले प्रदेशसभाको आठौं अधिवेशनको चौथो बैठक आह्वान गरेका हुन् ।&nb

Ratopati

बागमती प्रदेशसभाको ८ औं अधिवेशन आह्वान

हेटौँडा । बागमती प्रदेशसभाको ८ औं अधिवेशन बैठक आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ को बमोजिम जेठ १६ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

Nepali Patra

बागमती प्रदेशसभाको ८ औं अधिवेशन आह्वान

मकवानपुर । बागमती प्रदेशसभाको ८ औं अधिवेशन बैठक जेठ १६ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ को बमोजिम जेठ १६ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख प्रसाईले बैठक आह्वान गरेका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।बागमती प्रदेशक

Ratopati

बागमती प्रदेशको आठौं अधिवेशन जेठ १६ गतेबाट

हेटौंडा : बागमती प्रदेशको आठौं अधिवेशन आगामी जेठ १६ गतेको लागि बोलाइएको छ। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सभा सचिव कृष्ण खड्काले आगामी जेठ १६ गते आइतबार दिउँसो ३ बजेको लागि बैठक बोलाइएको बताए।उनले बैठकमा छलफल हुने विषयवस्तुबारे कार्यव्यवस्था परामर्श समितिले तय गर्ने भए पनि आगामी आर्थिक वर्षका लागि ल्याइने बजेटको विषयमा संसदमा छलफल हुने बताए।खड्काले प्रदेश सभामा दर्ता भएको पर्यटनसम्बन्धी विधेयक, मुख्य न्

थाहा खबर

चैत २४ मा बागमती प्रदेशसभा बैठक बस्ने

हेटौंडा । बागमती प्रदेशसभा बैठक चैत २४ गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै चैत २४ गते मंगलबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । प्रदेशसभा बैठक बस्नुअघि चैत २४ गते ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकले प्रदेशसभामा पेश हुने विषयका बारेमा निर्णय गर्ने उनले बताए ।गत पुस १० गते तत्कालीन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री डोरम

Ratopati

प्रदेशसभा बैठक आह्वान

प्रदेश१ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन यही माघ २५ गते अपराह्न २ बजेदेखि शुरु हुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सो जानकारी दिएका हुन्  । यही माघ ७ गते शुरु भएको सो अधिवेशन सञ्चालन भएको तीन मिनेटपछि अर्को सूचना जारी नभएसम्म स्थगन भएको थियो ।

Lokaantar

वाग्मती प्रदेशसभाको बैठक माघ ७ मा

हेटौंडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्नेगरी आज आह्वान गरेका छन् ।प्रदेशसभाको सातौँ बैठक आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएअनुसार प्रदेश प्रमुख प्रसाईले आज उक्त बैठक बोलाउन आह्वान गर्नुभएको प्रदेशप्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए । प्रदेशसभा सचिवालयका प्रमुख

Ratopati

बागमती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका लागि अनुरोध गर्ने पनि निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकार

Ratopati