काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्थानीय तहको निर्वाचनका बेला हवाई सेवा बन्द नहुने जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुरले सुरक्षा निकायसँग आज (शुक्रबार) भएको बैठकमा विमानस्थल सुचारु हुने निर्णय भएको बताए । ‘स्थानीय निर्वाचनमा अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थल बन्द हुँदैन,’ महाप्रबन्धक ठाकुरले भने, ‘वायुसेवाहरुले यात्रुहरुको संख्याका आधारमा उडान कटौती गर्ने उनीहरुको विषय […]