इंग्ल्याण्ड क्रिकेट टोलिका तीब्र गतिका बलर जोफ्रा आर्चर सन् २०२१ को बाँकी अबधि क्रिकेटबाट बाहिर रहनुहुने भएको छ । दाहिने कुहिनोमा आएको चोटको कारण उहाँ अन्तर्राष्ट्रिय क्रिकेटबाट पाँच महिनाका लागि बाहिरिनु पर्ने भएको हो । आईसीसी टी ट्वान्टी विश्वकप आगामी अक्टोबर महिनाका लागि निर्धारण गरिएको छ । उक्त प्रतियोगिता अघि इंग्ल्याण्डका प्रमुख बलर जोफ्रा आर्चरको अनुपस्थिति इंग्ल्ल्याण्डका लागि चिन्ताको विषय बनेको छ ।