तारा एयरको जहाजमा सवार २२ जनामध्ये २१ को शव भेटियो

काठमाडौं । तार एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये २१ जनाको शव फेला परेको छ । बाँकी एकजनाको खोजी कार्य जारी छ ।   १० जनाको शव हेलिकोप्टरमार्फत कोवाङ झारिएको छ । आइतबार तारा एयरको जहाज दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा विमानमा सवार सबै यात्रुको मृत्यु भएको बताइएको छ । सुरक्षा टोलीले...

सम्बन्धित सामग्री

विमान दुर्घटनामा परेका २१ जनाको शव भेटियो

पोखरा – तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २१ जनाको शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार बिहान भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरू मध्ये सोमबार बेलुकासम्म २१ जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।उनका अनुसार विमान परिचालिका किस्मी थापा अझै बेपत्ता भएकी छन् । एक […]

तारा एयर दुर्घटना : २१ को शव भेटियो

तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये १० यात्रुको शव काठमाडौं पुर्‍याइएको छ । २२ यात्रुमध्ये एक जना अझै भेटिएका छैनन् । खोंचमा देखिएको एउटा शव उद्धार गर्न नसकिएको मुस्ताङ प्रशासनले जनाएको छ । उद्धार गरिएका अन्य १० शव खराब मौसमका कारण सोमबार घटनास्थलमै राखिएको छ ।

तारा एयरको जहाज दुर्घटना : तेह्रजनाको शव भेटियो

हेलिकोप्टरमार्फत पुगेका सेना, प्रहरी र शेर्पा तथा पैदलमार्गबाट गएका स्थानीयको टोलीले भेटिएका शव सङ्कलन र हराइरहेकाको खोजी जारी राखेका छन् । पैदलमार्गबाट गएका करिब १०० जना सुरक्षाकर्मीको टोली घटनास्थल नजिकै पुगेका छन् ।

जहाज दुर्घटना : तेह्र जनाको शव भेटियो

काठमाडौँ,१६ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताए । हेलिकप्टरमार्फत […]