काठमाडाैं : नेकपा (एमाले) निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सरकारले सामाजिक सुरक्षा भत्ता दिन नचाहेको आरोप लगाएको छ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जिफन्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो।अनौपचारिक क्षेत्रमा पनि सामाजिक सुरक्षा भत्ता लागू गराउनका लागि कार्यविधि बन्दै गरेको भएपनि सरकार त्यसका लागि तयार नभएको पाइएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए।सो भत्ताबारे मजदुरलाई भन्दा सरकारलाई बुझाउन आफूहरुलाई गाह्रो भईरहेक