नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि आएका फरक मत र सुझावहरु दस्तावेज परिमार्जन गर्न सहयोग पुग्ने खालका रहेको बताएका छन् । बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बन्दसत्रमा आफ्नो दस्तावेजलाई सहयोग पुग्नेगरी नै सुझावहरु आएको र कुनै विवाद नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे । ‘फरक मत भनेर त्यस्तो विवाद हुने खालको एउटा पनि छैन, तपाईहरु कोही पनि भ्रममा नपर्नुहोला । दस्तावेजलाई परि