प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित पक्राउ पर्ने ४ जनालाई बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–९ का पवनकुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका–७ का अनिल परियार छन् ।
जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।