डेंगु संक्रमण बढ्न थालेपछि लमजुङमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् ।सदरमुकामस्थित बेँसीशहर नगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड(१९ को संक्रमणपछि अहिले पुनः डेंगु जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिह अर्याल बताउँछन्। ‘कोभिड सङ्क्रमण विस्त