नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । आइतबार बालुवाटारमा भएको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकपश्चात् उनले गठबन्धन अब कांग्रेसको हातमा नरहेको बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै बैठकबाट बाहिरिएका […]