काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा टुकुचा खोला उत्खनन् सुरु गरेसँगै त्यसक्षेत्रमा भविष्यमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ । रातोपाटीलाई प्राप्त गुरुयोजनामा हात्तीसारक्षेत्रमा भूमिगत रहेको टुकुचाको उत्खनन् सकिएपछि त्यसक्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी भएको हो । टुकुचा खोलाको करिडोरको गुरुयोजना अन्तरगत सेग्मेण्ट चारमा रहेको जय नेपाल हलदेखि तीनधारा मार्गसम्म टुकुचा खोला उत्खनन् गरी त्यसक्षेत्रमा चार मिटर खोला र दायाँ बायाँ चार चार मिटरको रुख बिरुवासहितको साइकल लेन र फ