काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता राजनीतिबाट प्रेरित रहेको गठबन्धनका शीर्ष नेताहरुको निष्कर्ष छ। नागरिकता विधेयकबारे भ्रम फैलाइएको भन्दै सरकारले प्रष्टीकरण दिएर भ्रमबाट मुक्त हुन आग्रह गरेको छ। एमालले लोकप्रिय र जित निश्चित भएकालाई उम्मेदवार बनाउने भएको छ। प्रतिनिधि र प्रदेशसभा चुनावमा ८७ वटा दल सहभागी हुने भएका छन्।