अतिरिक्त क्रियाकलापमा छोरीलाई प्राथमिकता, निस्किए छोराभन्दा अब्बल

बालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो । बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ । त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकामा असल सोच र असल अभ्यास विकास गर्ने दायित्व पनि घर र विद्यालयको हुने जानकारहरू बताउँछन् । कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माका अनुसार विद्यालयका अतिरिक्त क्रियाकलापमा बढीभन्दा बढी बालिकालाई सहभागी गराउने …