नेपाल लाइफद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम

काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्सले सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरूलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम दिएको छ।सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार उक्त तालिम दिइएको हो। चैत ३ गते धुलिखेलमा सञ्चालन गरिएको हो।सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो। उक्त कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्यां

सम्बन्धित सामग्री

नेताका सम्पत्ति शुद्धिकरण गर्नुपर्ने

पाल्पा । नेपाल सरकार, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले देशमा भष्ट्रचार मौलाएकाले वडाध्यक्षदेखी प्रधानमन्त्री भएका व्यक्तिसम्मको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने माग गरेका छन् । उनले भ्रष्टाचारीलाई कारवाही नगरेसम्म देश समृद्धिको बाटो जान नसक्ने बताउदै भ्रष्टाचार गर्ने छुट कसैलाई नभएकाले सरकार गम्भिर भएर लाग्नुपर्ने बताए । तानसेन नगरपालिकाले तानसेन महोत्सव, २०८० उद्घाटन समारोहमा बोल्दै […] The post नेताका सम्पत्ति शुद्धिकरण गर्नुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वडाध्यक्षको पनि सम्पत्ति शुद्धिकरण गरिनुपर्छ : कानुनमन्त्री गुरुङ

पाल्पा : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वडाध्यक्षको पनि सम्पत्ति शुद्धिकरण गर्नुपर्ने बताएका छन्।तानसेन नगरपालिकाले आयोजना गरेको ‘प्रथम तानसेन महोत्सव’को शनिवार तानसेनमा उद्घाटन गर्दै उनले भने, ‘वडा तहमा पनि भ्रष्टाचार मौलाउँदै गएको छ। वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति शुद्धीकरण गरिनुपर्छ।’ उनले आफू पनि भ्रष्टाचार गरेको ठहरिए कानुन बमोजिम कारबाही भोग्न तयार रहेको बताए। जनताप्रति नेताको कुनै चासो नरहेको भन्दै मन्त्री गुरुङले मुलुक र जनताको

सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धानमा मोलमोलाई हुन थाल्यो : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छानुसार चलेको आरोप लगाएका छन्।बिहीवार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन्। उनले यी दुई विभाग चल्ने छुट्टै कानूनी प्रावधान भए पनि कार्यकारीको इच्छाअनुसार चल्ने गरेको आशंका रहेको धारणा राखे।महामन्त्री थापाले सम्पत्ति शुद्धिकरणले बेनामी उजुरीको आधारमा कुनै एकजना व्यवसायी वा राजनीतिज्ञलाई दुःख दिने माध्यमको रूपमा काम

सिंह दम्पती सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर

काठमाडौँ – विशेष अदालतले सुनिलकुमार सिंह र उनकी श्रीमती मिना कार्कीलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको छ। मंगलबार विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंह दम्पतीलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि फागुन २४ गते पेश तोकेको हो। श्रीमती कार्कीलाई मतियारका रुपमा मात्रै दोषी ठहर भएको विशेषका प्रवक्ता […]

सम्पत्ति शुद्धिकरण विधेयक छलफलका लागि समितिमा

काठमाडौँ : सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।आइतवार बसेको राष्ट्रियसभाको बैठकले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो। राष्ट्रियसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्

अदालत र सम्पत्ति शुद्धिकरण विभागलाई धरौटी बुझाएर ६ जना छुटे, टेकनाथ रिजाल बाँकी

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ६ जना प्रतिवादी जिल्ला अदालत काठमाडौँ र सम्पत्ति शुद्धिकरण विभागमा धरौटी बुझाएर रिहा भएका छन्। पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशलाई बदर गर्दैै उच्च अदालत पाटनले ६ जनालाई धरौटी र एक जनालाई साधरण तारिखमा रिहा गर्न आदेश दिएको थियो। उच्चले अदालतले शुक्रबार धरौटीमा रिहा गर्न भने […]

ज्याकलिनले दिइन् सम्पत्ति शुद्धिकरण प्रकरणमा सय प्रश्नको जवाफ

एजेन्सी, ३० भदौ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र पिंकी इरानीलाई ठग सुकेश चन्द्रशेखरसँग सम्बन्धित २०० करोड रुपैयाँको सम्पत्ति शुद्धिकरण मुद्दामा बुधबार सोधपुछ गरिएको छ । दिल्ली पुलिसको आर्थिक अपराध शाखाले ८ घण्टाको सोधपुछमा १०० भन्दा बढी प्रश्नहरू सोधेको भारतीय समाचार एजेन्सी दैनिक जागरणले जनाएको छ। एजेन्सीको अनुसार यसअघि ज्याकलिन र पिंकी इरानीको छुट्टाछुट्टै बयान […]

सम्पत्ति शुद्धिकरण निवारणमा नेपालको प्रगति कमजोर

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारणविरुद्ध नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धताअनुसार प्रगति नभएका कारण नेपाल फेरि कालोसूचीमा पर्ने जोखिम बढेको छ । स्रोत नखुलेको सम्पत्तिलाई कानुनी दायरामा ल्याउने र त्यस्ता घटना निगरानी गर्ने निकाय कमजोर हुदाँ नेपाल सम्पत्ति शुद्धिकरणमा कालोसूचीमा पर्ने जोखिम बढेको उच्च अघिकारीहरूको धारणा छ । नेपालले आफ्ना अन्तर्राष्ट्रिय बाचाअनुरुप गर्नुपर्ने सुधारका कार्यहरूको प्रगति […]