पर्वत : गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती गरेको छ।आर्थिक वर्ष ०७९/०८० को तुलनामा यो वर्ष एक करोड ४८ लाख आठ हजार कम बजेट विनियोजन भएको छ। बजेट कम विनियोजन हुँदा सुरुवात गरिएका केही कार्यक्रमलाई निरन्तर अगाडि बढाउन समस्या हुने भएको छ। ‘अघिल्लो वर्ष प्रज्ञा प्रतिष्ठानको लागि तीन करोड २८ लाख बजेट छुट्टाइएको भए पनि यो वर्ष एक करोड ४८ लाख आठ हजार रुपैयाँ कम बजेट विनियोजन भएको छ’, प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले