दैलेख : दैलेख-१ मा एमालेको अग्रता कायमै रहेको छ। ७ सय मत गणना हुँदा एमालेका रविन्द्रराज शर्माले ३५२ मत प्राप्त गरेका छन्।एमालेका शर्मालाई पछ्याउँदै गठबन्धन दल समाजवादीका अम्मरबहादुर थापा २६२ प्राप्त गर्दै एमालेका शर्मालाई पछ्याइरहेका छन्। राप्रपाका कुन्तीकुमारी शाहीले १५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ३३ मत प्राप्त गरेका छन्।स्वतन्त्र पाटीका इन्द्रप्रसाद शर्माले १ मत प्राप्त गरेका छन्। विपी कांग्रेसका भुपालबहादुर थापाले १ मत प्राप्त गरेका छन्