नेकपा एमालेको स्थायी कमिटी बैठक आज (शुक्रवार) बस्दैछ ।
दिउँसो २ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठकले निकालेको निष्कर्ष प्रस्तुत गरिने एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि स्थायी कमिटी बैठक बिहीवार बसेको थियो ।
बिहीवार बसेको बैठकले एमालेको दशौं राष्ट्रिय महाधिवेशन स्थल बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको छ ।
दशौं राष्ट्रिय महाधिवशेन आयोजना गर्नका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यी...