धनकुटामा नेपाली कांग्रेसका उम्मेदवार सुनील थापा पराजित भएका छन् । पूर्वप्रधानमन्त्री तथा दिवंगत नेता सूर्यबहादुर थापाका पारिवारिक उत्तराधिकारी थापा पराजित बनेका हुन् । थापा सूर्यहादुरका छोरो हुन् भने पछिल्लो समय उनी राप्रपा परित्याग गर्दै कांग्रेसको राजनीतिमा सक्रिय छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार थापा एमालेका राजेन्द्र कुमार राईसँग पराजित भएका हुन् । राजेन्द्रले ३० हजार १०१ मत पाउँदा सुनीलले २८ हजार ७०४ मत पाए ।