काठमाडौं : डाक्टरको लापरबाहीका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ। ललितपुरको पाटन अस्पतालमा सामान्य अवस्थामा बच्चा जन्माएकी कालीकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर ४ की सरिता शाहीको शुक्रबार राति मृत्यु भएको हो।नियमित डाक्टरको निगरानीमा रहेकी सरिता असोज १५ गते असहज महशुस भएपछि पाटन अस्पताल भर्ना भएकी थिइन्। अस्पताल भर्ना भएको दुई दिनपछि उनले सामान्य अवस्थामा छोरीलाई जन्म दिएकी थिइन्।१८ गते अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिरहेका बेलामा रक्तश्राव भएपछि अर्को बेडमा सारेर डाक्टरले रगत