चितवन ३ मा अग्रता बढाउँदै विक्रम पाण्डे, घन्टी दोस्रो स्थानमा

काठमाडौँ – चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। २१ हजार ६९४ मत गन्दा पाण्डेले ६७११, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ५०३९, माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ४७४७ र कांग्रेसका बागी दिनेश कोइरालाले ३५८७ मत पाएका छन्।