मंसिर ६, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आज (सोमवार) देखि आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ सेवा शुरु गरेको छ ।
यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आइरहेको थियो ।
साथै, अब उपरान्त ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ सेवा शुरु गरेको जानकारी दिएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १७४ ओटा शाखा, १२३ ओटा एटिएम र ११३ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटल रुपमा प्रदान गरिरहेको बताएको छ ।