काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रसप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राखेका छन् । शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात न्युज एजेन्सी नेपालसँग प्रारम्भिक प्रतिक्रिया दिँदै यस्तो बताएका छन् । उनले १२।५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार […]
विराटनगर । मौद्रिक नीति र बजेटबाटै मुलुकमा सृजना भएको आर्थिक संकटको समाधान निकाल्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
सोमवार उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पदभार ग्रहण कार्यक्रममा बोल्दै ढकालले भने, ‘मौद्रिक नीति तथा बजेटबाट अहिले भइरहेको आर्थिक संकटलाई पार लगाउन सकिन्छ । यसअघि केही प्रयास भएका थिए, मौद्रिक नीति र अब आउने बजेटले बाँकी समस्यालाई सम्बोधन गर्नुपर्छ ।’
अहिलेको आर्थिक संकटलाई सहज बनाउने, लगानीको वातावरण बनाउने, विदेशी लगानी आकर्षित गर्ने लगायतका सवालमा महासंघले सरकारलाई सुझाव समेत दिएको उनको भनाइ छ ।
सरकार र निजीक्षेत्र मिलेर वर्तमान समस्या समाधान गर्नुपर्ने उनले बताए । महासंघको कोशी प्रदेश समितिमा अध्यक्ष राजेन्द्र राउतसहित पदाधिकारी र सदस्यले पदभार ग्रहण गरेका छन् ।