स्याङ्जाको वालिङ नगरपालिका–१० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । वालिङबाट गल्याङ नगरपालिका–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नंको जिप कच्ची सडकबाट ५० मिटर तल खस्दा जिपमा सवार गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र सोही ठाउँका ३२ वर्षीया गङ्गा पल्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । जिपमा सवार १९ मध्ये दुईजनाको गह्रौँ प्राथमिक अस्पताल