नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बावे‘ए’बीच टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेल रद्द भएको छ । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दा ४ ओभर ३ बलको खेल चलिरहेको समयमा वर्षा भएपछि खेल प्रभावित बनेको थियो ।जिम्बावे ए ले २ विकेट गुमाएर ४८ रन बनाएको थियो । लगातार वर्षा भएपछि खेल रद्द भएको हो । जिम्बावे ‘ए’ले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । एक खेल अंक बाडेर सकियो ।