निर्वाचन आयोग पुग्यो एमालेको नेपाल-खनाल समूह

नेकपा एमालेको एमालेको झलनाथ खनाल -माधव नेपाल पक्ष निर्वाचन आयोग पुगेको छ । आइतबार सो समूहका नेताहरु आयोग पुगेर अध्यक्ष केपी ओलीले एक पक्षीय रुपमा गरेको निर्णय स्वीकार नगरिदिन आग्रह गरेका हुन् । सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ । पत्र बुझ्दै आयोगका पदाधिकारीहरुले अध्ययन गरेर जवाफ दिने बताएका थिए । पत्र बुझाउन आइतबार नेता बेदुराम भुुषाल लगायतका नेताहरु आयोग पुगेका थिए ।