काठमाडौं,२९ असार । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले विवादास्पद अभिव्यक्ति दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय माग गरेर बोलेका गैरेले स्वास्थ्यमन्त्री बस्नेतले आफ्नो पदीय मर्यादासमेत ख्याल नगरेको र आत्महत्या जस्तो विकराल घटनालाई हलुकारुपमा लिएर गम्भीर भूल गरेको भन्दै नैतिकताको आधारमा राजीनामा […]