अर्घाखाँची जिल्लामा साउन १६ गते राति १२ बजेदेखि लागू हुनेगरी पूर्ण रुपमा निषेधाज्ञा हुने भएको छ । जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा निषेधाज्ञा हुन लागेको हो ।
जिल्लामा अत्यावश्यकबाहेक यातायात, बैंक तथा वित्तीय संस्थालगायत सबै क्षेत्र पूर्ण रुपमा बन्द हुनेछन् । अत्यावश्यकका पसल विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थाप