२०७८ मा उथलपुथलको राजनीति, देउवा ‘इन’ ओली ‘आउट’ !

काठमाडौं : नेपाली राजनीतिका लागि २०७८ साल तरल रह्यो। ०७७ मा भएको राजनीतिक उथलपुथलको बाछिटा कायमै रहेकाले ०७८ को शुरुवातदेखि नै राजनीति गर्माइरह्यो।एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता बहिर्गमनदेखि दलहरू विभाजनको वर्षको रूपमा समेत लिन सकिन्छ। ०७७ सालमा साविक नेकपाको विवाद थेग्न नसकेर ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको बाछिटाले ०७८ साल पनि अछुतो रहेन। ओलीविरुद्धको मोर्चाबन्दी कांग्रेस, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतको मोर्च